काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार ३६ अंकले बढेको नेप्से आज २० अंकले बढेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ४४ करोड बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ विन्दुमा पुगेको छ । यस दिन ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० को परिसूचक बढेको छ भने ३ को घटेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक ५.२१ प्रतिशतले बढेको छ ।
आज पनि सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, निफ्रा साढे १९ करोड र सोल्टी होटल साढे १७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
दोहोरो अंकले बढेको बजारमा आज ११ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्याङ्गे हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र मृक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, नेपाल वेयरहाउजिङ, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।