त्रिभुवन विमानस्थलबाट फेरि सुन बरामद, श्रीलंकाली महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३०० ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्कर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

उनका अनुसार राहदानी नम्बर ८१५१३८५ भएकी निज महिलाले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल ५०० ग्राम तथा लगाएको कट्टुभित्र ८०० ग्राम सुन गरी कुल एक किलो ३०० ग्राम सुन बरामद गरिएको हो ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिमालयन रि-इन्स्योरेन्सको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

हिमालयन रि-इन्स्योरेन्सको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

कोहलपुरमा यातायात कार्यालय स्थापना हुने Read Next

कोहलपुरमा यातायात कार्यालय स्थापना हुने