नेप्सेमा एनआइसी एशिया बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनआइसी एशिया बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा शुक्रबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको २९ प्रतिशत अर्थात् ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

एक दशकपछि नारायणी लिफ्टद्वारा हिउँदमा पनि छाडियो पानी Read Previous

एक दशकपछि नारायणी लिफ्टद्वारा हिउँदमा पनि छाडियो पानी

नेपालले १० हजार मेगावाट बिजुली बेचेर वार्षिक कति कमाउन सक्छ ? Read Next

नेपालले १० हजार मेगावाट बिजुली बेचेर वार्षिक कति कमाउन सक्छ ?