६ दिनपछि नेप्सेमा दोहोरो अंकको कमब्याक, यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । गत पुस ५ गतेदेखि लगातार ६ दिनमा १११ अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।

नेपाल राष्ट्र बैंकले गत महिना मौद्रिक नीति समीक्षामार्फत नीतिगत लचकता अपनाएपछि ८ कारोबार दिनमै नेप्से झन्डै ३०० अंकले बढेको थियो । त्यसपछि लगातार ६ दिन करेक्शन आएको नेप्सले आज लयमा आएको हो ।

मंगलबार नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८ विन्दुमा पुगेको छ । यस दिन ३०६ कम्पनीको ४ अर्ब ४ करोड रुपैयाँ बढीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ३.०८ प्रतिशतले बढेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे २६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । शिवम् सिमेन्ट २३ करोड र आइएमई लाइफ इन्स्योरेन्सको १५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र सोनापुर सिमेन्टको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपाल वेयरहाउजिङ, सनराइज फोक्सड इक्वीटी फण्ड र पञ्चकन्या माइ हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सतर्कता अपनाउन आग्रह Read Previous

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सतर्कता अपनाउन आग्रह

सौराहामा बढ्दै चिनियाँ र भारतीय पर्यटक, होटल भरिभराउ Read Next

सौराहामा बढ्दै चिनियाँ र भारतीय पर्यटक, होटल भरिभराउ