३८ जिल्लामा पुग्यो ब्रोकर सेवा, एउटैका १२ वटासम्म शाखा, कुनकाे कहाँ ?

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको संख्या बढेसँगै ब्रोकर सेवा पनि देशभर विस्तार हुँदै गएको छ । केही वर्ष अघिसम्म काठमाडौंमा मात्रै केन्द्रित ब्रोकर सेवा अहिले देशको ३८ जिल्लामा पुगिसकेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्सेका अनुसार मंसिरसम्म ब्रोकर सेवा सातै प्रदेशका ३८ जिल्लामा पुगेको छ । ती ब्रोकरले देशका विभिन्न १८२ स्थानबाट सेवा दिँदै आएका छन् । अझै देशका ७७ जिल्लामध्ये  ३९ जिल्लामा ब्राेकर सेवा पुग्न बाँकी छ ।

देश संघीय प्रणालीमा गए पनि ब्रोकर सेवा काठमाडौंमा मात्रै सीमित थियो । तर, पछिल्लो समय नियामक निकायले शाखा विस्तामा गरेको नीतिगत सहजता र बढ्दो लगानीकर्ताको संख्या लगायत कारण देशभर ब्रोकर सेवा विस्तार हुन थालेको हो । यद्यपि, अहिले पनि ब्रोकर सेवा सहरी क्षत्रमा मात्रै सीमित छ ।

पछिल्लो समय देशभरका नागरिक सेयर बजारमा सहभागी हुन थालेका छन् । हाइड्रोपावर र उत्पानमूलक कम्पनीले स्थानीय वासिन्दालाई पनि सेयर दिनुपर्ने व्यवस्था छ । जसले गर्दा दूगर्म भेगका जनता पनि सेयर बजारमा आएका छन् । बढ्दो लगानीकर्ताको संख्यालाई मध्येनजर गर्दै पुराना ब्रोकरहरूले धमाधम शाखा विस्तार गर्न थालेका हुन् ।

नेप्सेका अनुसार अहिले ब्रोकरको संख्या ८४ वटा (स्टक ब्रोकरसहित)पुगेको छ । २०७९ असार मसान्तसम्म ब्रोकरको संख्या ५० वटा रहेकोमा हाल ९१ पुगेको छ । जसमा ८४ वटा संचालनमा आइसकेका छन् ।

गत वर्ष बोर्डले नयाँ ब्रोकरका लागि लाइसेन्स खुलाएको थियो । जसमा ४५ कम्पनीले आवेदन दिएकामा ४३ वटाले आशयपत्र पाएका थिए । तीमध्ये ४१ ब्रोकरले लाइसेन्स पाएका थिए भने ३२ वटा संचालनमा आइसकेका छन् । लाइसेन्स पाएका ९ वटा ब्रोकरहरू भने सञ्चालनमा आएका छैनन् ।

नेप्सेका अनुसार पुराना ५० ब्रोकरहरूले देशभरका १०२ स्थानमा शाखा विस्तार गरेका छन् । केन्द्रीय कार्यालयसहित पुराना ब्रोकरले १५२ स्थानबाट सेवा दिँदै आएका छन् । नयाँ ब्रोकरले भने तत्कालै शाखा विस्ता गर्न नपाउने व्यवस्थाका कारण आफ्नो सेवा विस्तार गरेका छैनन् ।

पुराना ५० मध्ये ४४ ब्रोकरले काठमाडौं बाहिर शाखा खोलेका छन् भने ६ वटाले अझै सेवा विस्तार गरेका छैनन् ।

एउटै ब्रोकरका १ दर्जन शाखा

पछिल्लो समय शाखा विस्तारमा आक्रमक बनेका ब्रोकरहरूले आफ्नो शाखा संख्या १ दर्जनसम्म पुर्याएका छन् । हाल संचालनमा रहेका ८४ ब्रोकरमध्ये भिजन सेक्युरिटीज (ब्रोकर नं. ३४) को सबैभन्दा धेरै शाखा रहेका छन् । केन्द्रीय कार्यालयसहित यसको शाखा संख्या १२ पुगेको छ । भिजनले देशका १२ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ ।

त्यस्तै, भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नंं ५५)ले केन्द्रीय कार्यालयसहित ८ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । त्ययसैगरी, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि (ब्रोकर नं. ५७)ले ६ स्थान र दीपशिखा धित्तोपत्र कारोबार कम्पनी प्रालि ( ब्रोकर नं. ३८)ले केन्द्रीय कार्यालयसहित ५ ठाउँमा सेवा विस्तार गरेका छन् । बाट लगानीकर्तालाई सेवा दिँदै आएको छ । ७ वटा पुराना ब्रोकरहरूले भने हालसम्म शाखा विस्तार गरेका छैनन् ।

 

नेपाल उद्योग परिसंघ र अमेरिकन चेम्बर अफ कमर्शबीच समझदारी Read Previous

नेपाल उद्योग परिसंघ र अमेरिकन चेम्बर अफ कमर्शबीच समझदारी

हाइड्रोपावरसँग स्थानीय तहले आफूखुशी कर मागेपछि इप्पानद्वारा ध्यानाकर्षण Read Next

हाइड्रोपावरसँग स्थानीय तहले आफूखुशी कर मागेपछि इप्पानद्वारा ध्यानाकर्षण