नेप्सेमा लगातार पाँचौं दिन गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत पुस ५ गतेदेखि ओरालो लागेको नेप्सले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ दिनमा नेप्से परिसूचक ८१ अंकले घटेको छ ।

सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ४ अर्ब ४८ करोड बढीको सेयर किनबेच भएको छ ।

सोमबार नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा आइपुगेको छ । यस दिन ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ को घटेको छ । लगानी समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ भने हाइड्रोपावर १.७२ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोनापुर सिमेन्ट २० करोड र हाथवे इन्भेष्टमेन्टको १७ करोड बढीको सेयर कारोबार भएको छ ।

घट्दो बजारमा पनि आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सीईडीबी हाइड्रोपाव र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट र हिमालयन हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी Read Previous

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

आर्थिक मन्दी कायमै, समग्र बजार माग ३६ प्रतिशतले घट्यो Read Next

आर्थिक मन्दी कायमै, समग्र बजार माग ३६ प्रतिशतले घट्यो