काठमाडौं । सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि बुटवल-पाल्पा खण्ड आजदेखि फागुन ७ गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हाे ।
सुरुङमार्ग आयोजनाका अनुसार सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ । सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक/दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको हो ।
एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसाधनलाई भने सो समयमा पनि संचालन हुनेछन् ।
यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला हुने आयोजनाले जनाएको छ ।
।