घलेम्दी हाइड्रोको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १० गतेदेखि बिक्रीमा ल्याएको २०० प्रतिशत अर्थात् १:२ अनुपातमा हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी(आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो। सो अनुसार कात्तिक २ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन सिंगल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।

हाल ५५ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद सेयर बिक्रीपछि १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

छिमेक लघुवित्तसहित ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

छिमेक लघुवित्तसहित ६ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

बजारीकरण गर्न इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव Read Next

बजारीकरण गर्न इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव