लाभांश प्रयोजनका लागि एचआइडीसीएलले तोक्यो बुकक्लोज

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले पुस २९ गते बाह्रौं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा बानेश्वर ब्यांक्वेट, नयाँबानेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ५.२६ प्रतिशत नगद (करसहित) लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि पुस १८ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

प्राधिकरणको लगानीको राहुघाट जलविद्युत्को डिसेन्डर निर्माण गर्न खोला फर्काइयो Read Previous

प्राधिकरणको लगानीको राहुघाट जलविद्युत्को डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट Read Next

ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट