प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

फाइल तस्वीर ।

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्दै कार्यालयको ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको सम्बोधनका क्रममा व्यक्त भएका प्रतिबद्धताको कार्यान्वयन सुरु भएको बताइन् ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीका नाममा गत मङ्गलबार गर्नुभएको सम्बोधनबमोजिम प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गरिएको छ, ६८ वटा दरबन्दी कटौती भएका छन्,’ मन्त्री शर्माले भनिन् ।

प्रधानमन्त्री कार्यालयअन्तर्गतका ती दरबन्दीमा रहेका कर्मचारी अब अन्यन्त्र पदस्थापना हुने उनले बताइन्। ‘प्रधानमन्त्रीको सम्बोधनका क्रममा व्यक्त भएका प्रतिबद्धताको कार्यान्वयन सुरु भएको छ, अब हामी सबै निकायमा त्यो लागू गर्छौँ,’ उनले भनिन् ।

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३ हजार ६५० कायम गरेको छ । मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

ढलान गर्ने तयारी गरिएको मोटरेबल पुल भत्कियो Read Previous

ढलान गर्ने तयारी गरिएको मोटरेबल पुल भत्कियो

गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट Read Next

गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट