हाथवेसहित तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हाथवे इन्भेष्टमेन्ट, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र तारागाउँ रिजेन्सी होटलको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

तीनै कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस १२ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

हाथवे इन्भेष्टमेन्टले गत वर्षको नाफाबाट करसहित लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २६ गते १५ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान १० बजे सुरु हुनेछ।

त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट ७.५ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न माइक्रोफाइनान्सले पुस २८ गते १४ औं वार्षिक साधरण सभा डाकेको छ । कम्पनीको सभा आम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ।

त्यस्तै, तारागाउँ रिजेन्सीले गत वर्षको नाफाबाट घोषणा गरेको ११ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पारित गर्न पुस २४ गते २७ औं वार्षिक साधरण सभा बोलाएको छ । सो सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

तीनै कम्पनीको साधरण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन् ।

ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्रमुख प्राथमिकतामा छन् : प्रधानमन्त्री Read Previous

ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्रमुख प्राथमिकतामा छन् : प्रधानमन्त्री

नारायणगढ-बुटवल सडक : पूर्वीखण्डमा कालोपत्रले गति लिँदै, १८.५ किमी सकियो Read Next

नारायणगढ-बुटवल सडक : पूर्वीखण्डमा कालोपत्रले गति लिँदै, १८.५ किमी सकियो