१ वर्ष यताकै धेरै सेयर किनबेच, यी १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको करेक्शन आएको छ । बिहीबार ३२ अंकले घटेको नेप्से आज २१ अंकले घटेको हो ।

मौद्रिकी नीति समीक्षापछि लगातार २९० अंकले बढेको नेप्सेमा प्रफिट बुक गर्ने हाबी हुँदा करेक्शन आएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने उछाल आएको छ । आज ७ अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यो १ वर्ष यताकै धेरै हो ।

आइतबार नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ विन्दुमा आइपुगेको छ । आज ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ९ को घटेको छ । लगानी समूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशतले घटेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट साढे २९ करोड र सोनापुर सिमेन्टको २८ करोड बढीको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आज १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), कालिका पावर, सामलिङ पावर, बीपीडब्ल्यू लघुवित्त, र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, नेपाल वेयरहाउजिङ, भिजन लुम्बिनी ऊर्जा, अपर सोलु हाइड्रोपावर, माइ खोला र मैलुङ खोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

अनुदानको बीउले झुक्यायो किसानलाई, नउम्रिएपछि ११० बिघा खेत बाँझै Read Previous

अनुदानको बीउले झुक्यायो किसानलाई, नउम्रिएपछि ११० बिघा खेत बाँझै

नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन,  सवारीसाधन यी ६ ठाउँमा रोकिने  Read Next

नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन,  सवारीसाधन यी ६ ठाउँमा रोकिने