सेयर मूल्यमा घोराहीले शिवम्लाई उछिन्यो

काठमाडौं । घोराही सिमेन्टले सेयर मूल्यका आधारमा शिवम् सिमेन्टलाई उछिनेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको घोराहीको आइतबार (११:२० बजे)सम्म सेयर मूल्य ६ प्रतिशत अर्थात् प्रतिकित्ता ३४ रुपैयाँले बढेर ६०९ रुपैयाँ पुग्दै शिवम्लाई पछि पारेको हो ।

यससँगै घोराही सेयर बजारमा सबैभन्दा धेरै मूल्य हुने सिमेन्ट कम्पनी समेत बनेको छ । सोही समयमा शिवम्को प्रतिकित्ता ६०० रुपैयाँमा कारोबार भइरहेको छ । दुवै कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरे पनि लगानीकर्ता घोराहीतर्फ आकर्षित भएका छन् ।

घोराही यसै वर्ष प्रिमियम मूल्यमा आइपीओ जारी गरेर सेयर बजारमा प्रवेश गरेको कम्पनी हो भने शिवम ५ वर्ष अघि आएको कम्पनी हो । गत बुलमा शिवम्को सेयर मूल्य प्रतिकित्ता २ हजार पुगेको थियो भने त्यस यता लगातार घटेर प्रतिकित्ता ३९० रुपैयाँसम्म आएको थियो ।

 

केराखेतीको हब बन्दै टीकापुर, १२०० बढी बिघामा खेती Read Previous

केराखेतीको हब बन्दै टीकापुर, १२०० बढी बिघामा खेती

बालुवाटारमा प्रचण्ड, ओली र देउवा बीच भेटवार्ता, के भयो कुराकानी ? Read Next

बालुवाटारमा प्रचण्ड, ओली र देउवा बीच भेटवार्ता, के भयो कुराकानी ?