आइपीओकै भाउमा अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर किन्ने अवसर !

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले १ करोड ७० लाख बढी कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म जारी गरेको १०० प्रतिशत हकप्रदमध्ये अवितरित १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो ।

कम्पनीले संस्थापक र साधरण गरी कुल १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीम ल्याएको थियो । सोमध्ये संस्थापकतर्फको सबै बिकेको थियो भने साधरणतर्फ ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी अवितरित हकप्रद लिलामीमार्फत बेच्न लागेको हो ।

कम्पनीको लिलामी सेयरमा पुस १३ गतेदेखि  २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, नयाँबानेश्वर र सहबिक्री प्रबन्धक सनराइज क्यापिटलमा आवेदन दिन सक्नेछन् । साथै लक्ष्मी सनराइज बैंकको विराटनगर, धरान, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र चरिकोट शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

नेपालमै उत्पादित ‘एरिष्टोक्र्याट’ प्रिमियम ह्वीस्की बजारमा Read Previous

नेपालमै उत्पादित ‘एरिष्टोक्र्याट’ प्रिमियम ह्वीस्की बजारमा

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने, सवारी साधन यी ठाउँमा रोकिने Read Next

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने, सवारी साधन यी ठाउँमा रोकिने