काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र चिलिमे जलविद्युत् कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस ६ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
निफ्राले गत वर्षको नाफाबाट करसहित लगानीकर्तालाई ४.२१० प्रतिशत नगद लाभांश (करसहित) प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २७ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, बिहान ९ बजे सुरु हुनेछ ।
त्यसैगरी, चिलिमिले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २० वार्षिक साधरण सभा बोलाएको छ ।