पशुपति विकास कोषबाट १०० बढी सल्लाहकार खारेज

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् ।

कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।

राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरुको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

८ वर्षसम्म उद्योग स्थापना नगरेपछि ४ उद्योगको सम्झौता रद्द Read Previous

८ वर्षसम्म उद्योग स्थापना नगरेपछि ४ उद्योगको सम्झौता रद्द

निफ्रासहित दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

निफ्रासहित दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन