बागमती प्रदेशका १० अस्पतालको स्तरोन्नति गरिँदै, ३०० शय्यासम्मको बनाइँदै

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई १०० शय्यामा स्तरोन्नति गरिने उनले बताए। उनका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीको सङ्गठन संरचना स्वीकृत गरिएको छ ।

मुख्यमन्त्री जम्कट्टेल बैठकबाट सिन्धुपाल्चोक र रामेछाप अस्पतालका साथै दोलखाको पशुपति चौलागाईं र काभ्रेको मेथिनकोट अस्पताललाई ५०/५० शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको बताए।

उनले प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको जानकारी दिए ।

उदयपुर सिमेन्ट कारखानाका सबै मिलेर बचाउनुपर्छ : अर्थमन्त्री Read Previous

उदयपुर सिमेन्ट कारखानाका सबै मिलेर बचाउनुपर्छ : अर्थमन्त्री

८ वर्षसम्म उद्योग स्थापना नगरेपछि ४ उद्योगको सम्झौता रद्द Read Next

८ वर्षसम्म उद्योग स्थापना नगरेपछि ४ उद्योगको सम्झौता रद्द