भगवती हाइड्रोपावर र सोल्टी होटलको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सोल्टी होटलको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (पुस ५ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

भगवती हाइड्रोपावरले गत वर्षको नाफाबाट करसहित १०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २४ गते २३ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा अर्पण ब्यांक्वेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ ।

त्यसैगरी, सोल्टी होटलले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८ प्रतिशत नगद गरी कुल ३१.५७८ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न होटलले पुस २६ गते ४९ औं वार्षिक साधरण सभा बोलाएको छ । होटलको सभा नेपाल प्रज्ञा भवन, कमलादी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

उद्योगी व्यवसायीको समस्या तत्काल समाधान हुन्छ : अर्थमन्त्री Read Previous

उद्योगी व्यवसायीको समस्या तत्काल समाधान हुन्छ : अर्थमन्त्री

नेपाल एयरलाइन्सको कमाइ बढ्यो, एक वर्षमा २२ अर्ब आम्दानी Read Next

नेपाल एयरलाइन्सको कमाइ बढ्यो, एक वर्षमा २२ अर्ब आम्दानी