काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।
नेप्सेमा साविकको प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’को सेयर सूचीकृत भएको हो ।
साविकको प्रभु र महालक्ष्मी लाइफ मर्ज हुँदा कायम भएको १:१ सेयर अनुपातका आधारमा प्रभु महालक्ष्मीको नाममा ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले PMLI संकेत चिह्न दिएको छ । कम्पनीको कारोबारका लागि नेप्सेले ओपन रेञ्ज तोकेको छैन । यसअघि महालक्ष्मी नेप्सेमा सूचीकृत नभएकाले प्रभु लाइफको अन्तिम मूल्यलाई आधार मानेर भोलि कारोबार खुल्नेछ । प्रभुको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५८७ रुपैयाँ रहेको छ ।