हिमालयन रि-इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन, कम्तीमा १० कित्ता पाइने

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले दोस्रो चरणमा मंसिर २७ गतेदेखि सर्वसाधरणका लागि बिक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधरणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर ए’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्तीमा १० कित्ता पाउने

कम्पनीको आइपीओमा आवेदन दिनेले कम्तीमा १० कित्ता पाउने देखिन्छ । धितोपत्र बाँडफाँट नियमावली अनुसार भागपुगेसम्म सबै आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।

सो अनुसार सबैलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा २४ लाख ९० हजार जनालाई बाँड्न पुग्छ । आइतबारसम्म कम्पनीको आइपीओमा १४ लाख ६० हजारले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा २४ लाख ९० हजारले आवेदन दिए पनि १० कित्ता सेयर पाउँछन् । सोभन्दा बढीले आवेदन दिए भने मात्र गोलाप्रथाबाट बाँडफाँट गर्नुपर्ने हुन्छ ।

उखु किसानलाई तत्कालै ५२ करोड भुक्तानी दिने सरकारको निर्णय Read Previous

उखु किसानलाई तत्कालै ५२ करोड भुक्तानी दिने सरकारको निर्णय

१२ वर्षमा पनि बनेन तमोरको पुल, अझै कहिले बन्ने टुंगो छैन Read Next

१२ वर्षमा पनि बनेन तमोरको पुल, अझै कहिले बन्ने टुंगो छैन