चोभारमा नमूना क्यानओपी जीप लाइन सञ्चालनमा, कति लाग्छ शुल्क ?

काठमाडौं । काठमाडौंको चोभारमा पहिलो पटक क्यानओपी जीप लाइन सञ्चालनमा आएको छ । शनिबार जीप लाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी हुन् ।

हिजोदेखि सञ्चालनमा आएको क्यानओपी जीप लाइन नेपालमै पहिलो पटक नमूना जीप लाइनको रूपमा निर्माण गरिएको व्यवसायीहरूले दाबी गरेका छन् । उनीहरूले क्यानओपी जीप लाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ । सुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताइएको छ ।

वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीप लाइन क्यानओपी रहेको दाबी गरे । उनले जीप लाइन एउटै स्टेप र अनुभवमा सकिने भए पनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताए । उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताए ।

महर्जनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरूबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरू सबैले अनुभव लिनसक्ने भनाइ राखे । उनले जीप लाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्यून दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५०० र तीन वटै अनुभव लिनेलाई १ हजार २०० रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए ।

उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए । क्यानओपी जीप लाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।

त्रिशूलीमा १०० मेगावाटको हाइड्रोपावर बन्दै, र्‍याफ्टिङ व्यवसाय सङ्कट पर्ने चिन्ता Read Previous

त्रिशूलीमा १०० मेगावाटको हाइड्रोपावर बन्दै, र्‍याफ्टिङ व्यवसाय सङ्कट पर्ने चिन्ता

४३ मेगावाटको सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न Read Next

४३ मेगावाटको सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न