नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार वृद्धि भएको छ । आइतबार एकैदिन १११ अंकले बढेको नेप्से सोमबार १५ अंकले घटेको थियो ।मंगलरबारदेखि फेरि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम गरेको हो ।

यससाता नेप्से समग्रमा १४२ अंकले बढेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा कायम अधिक तरलता, घट्दो ब्याजदर, राष्ट्र बैंकको लचकता लगायत कारणले नेप्सेले लय समातेको छ ।

बजार बढ्ने विश्वासमा खरिदकर्ता सक्रिय हुँदा कारोबार रकम पनि उत्साहजनक रहेको छ । आज पनि ३ अर्ब १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बिहीबार नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको छ । यस दिन ३०० कम्पनीको ९६ लाख ३७ हजार ४४५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । अन्य समूहको परिसूचक १.५१ प्रतिशतले बढेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सामान्य अंकले बढेको बजारमा आज ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेशनल हाइड्रो डेभलपमेन्ट र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिड सोलु हाइड्रोपावर र मृक्तिनाथ कृषि कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

क्रमशः लयमा फर्किँदै अर्थतन्त्र, यस्ता छन् सुधारको संकेत देखाउने १० सूचक Read Previous

क्रमशः लयमा फर्किँदै अर्थतन्त्र, यस्ता छन् सुधारको संकेत देखाउने १० सूचक

तराईमा महँगी घट्दै, हिमाली क्षेत्रमा भने बढ्यो Read Next

तराईमा महँगी घट्दै, हिमाली क्षेत्रमा भने बढ्यो