दुई वाणिज्य बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंक र नेपाल एसबीआइ बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर २९ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

नबिल बैंकले गत वर्षको नाफाबाट करसहित ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस १२ गते वार्षिक साधरण सभा बोलाएको छ । नबिलको सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

त्यसैगरी, नेपाल एसबीआई बैंकले गत वर्षको नाफाबाट ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न बैंकले पुस १३ गते वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

फर्जी कागज बनाएर भिजिट भिसामा पठाउने गिरोह सक्रिय, ३ सरकारी कर्मचारीसहित ३२ जना पक्राउ Read Previous

फर्जी कागज बनाएर भिजिट भिसामा पठाउने गिरोह सक्रिय, ३ सरकारी कर्मचारीसहित ३२ जना पक्राउ

डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाली मुद्रा झन्झन् कमजोर Read Next

डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाली मुद्रा झन्झन् कमजोर