नेप्सेमा ४० अंकको उतरचढाव, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा तीव्र उतरचढाव आएको छ । बजार खुल्ने बित्तिकै २६ अंकले बढेको नेप्से बीचमा १५ अंकले घटेको थियो भने अन्त्यमा २ अंकले बढेर बन्द भएको छ । दिनभरमा नेप्सेमा ४० अंकको उतरचढाव आएको छ ।

अधिक तरलता, घट्दो ब्याजदर, राष्ट्र बैंकको लचकता लगायत कारणले यो साता नेप्सेले लय समातेको छ । बजार बढ्ने विश्वासमा खरिदकर्ता सक्रिय हुँदा कारोबार रकम पनि उत्साहजनक रहेको छ । आज पनि ३ अर्ब ९० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बुधबार नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ । यस दिन २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । विकास बैंक समूहको परिसूचक १.१५ प्रतिशतले बढेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

झिनो अंकले बढेको बजारमा आज ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, मोलुङ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, सानिमा डिबेन्चर र महिला लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

ऊर्जा उत्पादन, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता बढाउन इप्पानको सुझाव Read Previous

ऊर्जा उत्पादन, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता बढाउन इप्पानको सुझाव

५ हजार मिटरब्याज पीडितका समस्या समाधान, २१८ बिघा जग्गा फिर्ता Read Next

५ हजार मिटरब्याज पीडितका समस्या समाधान, २१८ बिघा जग्गा फिर्ता