भगवती हाइड्रोपावरको लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर २४ गते बसेको बैठकले सेयरधनीलाई करसहित १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २४ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

लाभांश तथा साधरण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस ४ गतेसम्म कायम रहने सेयरधनीले सधारण सभामा भाग र प्रस्तावित लाभांश पाउने छन् ।

गण्डकीका झन्डै ३० हजार सवारीसाधनले तिरेनन् कर, ३५ करोड उठाउन बाँकी Read Previous

गण्डकीका झन्डै ३० हजार सवारीसाधनले तिरेनन् कर, ३५ करोड उठाउन बाँकी

हेटौंडामा धुलो दूध प्लान्ट संचालनमा आउँदै, दैनिक ५ मेट्रिकटन उत्पादन गर्ने Read Next

हेटौंडामा धुलो दूध प्लान्ट संचालनमा आउँदै, दैनिक ५ मेट्रिकटन उत्पादन गर्ने