नेप्सेमा सिनर्जी पावरकाे हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा सवा ४० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत भदौ ३ गतेदेखि ३१ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित Read Previous

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

गण्डकीका झन्डै ३० हजार सवारीसाधनले तिरेनन् कर, ३५ करोड उठाउन बाँकी Read Next

गण्डकीका झन्डै ३० हजार सवारीसाधनले तिरेनन् कर, ३५ करोड उठाउन बाँकी