मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ११ लाख ५९ हजार ७६७ जनाको हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि मंसिर ८ देखि १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४८ लाख रुपैयाँ बराबरको ११ लाख ४८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओमा कुल १३ लाख ४० हजार १९९ जनाले आवेदन दिएका थिए । सोमध्ये ६५ हजार ६३२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

ठेक्का अलपत्र पार्ने ८ निर्माण कम्पनी कालोसूचीमा Read Previous

ठेक्का अलपत्र पार्ने ८ निर्माण कम्पनी कालोसूचीमा

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : अर्थमन्त्री   Read Next

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : अर्थमन्त्री