सेयर बजारको हरियाली एक दिन पनि टिकेन

काठमाडौं । सेयर बजारमा छाएको हरियाली एक दिन पनि टिक्न सकेन । लामो समयपछि बुधबार ८ अंकले बढेको बजार आज करिब ५ अंकले घटेको छ ।

 

पूँजी बजारमा रहेका समस्या समाधानको लागि सरकारले कुनैपनि पहलकदमी कार्यक्रम नल्याउँदा लगानीकर्ताहरुको मनोबल बढ्न सकेको छैन् । लगानीकर्ताको मनोबल गिर्दै जानले बजारमा सुधार हुन नसकेको हो ।

 

सेयर बजार मापक सूचक नेप्से ४.६७ अंकले बढेर १११२.७९ विन्दुमा आइपुगेको छ । आज १६६ कम्पनीको २४ करोड ३३ लाख ९१ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ । १२ लाख ७१ हजार ६ कित्ता सेयर किन बेच भएका छन् ।

 

कारोबार भएका १२ वटा समूहमध्येमा जीवन बीमा समूहबाहेका अन्य सबै समूहको सूचक ओरालो लागेका छन् । आज जीवन बीमा समूहको सूचक १८.१२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २८.५८ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरीको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ३५ लाख ७५ हजार ६३ रुपैयाँको कारोबार भएको छ ।

 

आज माउन्टेन हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै करिब ५.२६ प्रतिशतले बढेको छ भने साल्ट्र ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले घटेको छ ।

गाउँगाउँमा वित्तीय पहुँच: बैंक तथा वित्तीय संस्थाको संख्या घट्दो, शाखा बढ्दो Read Previous

गाउँगाउँमा वित्तीय पहुँच: बैंक तथा वित्तीय संस्थाको संख्या घट्दो, शाखा बढ्दो

चक्रपथ भित्र दुई दिन जोर–बिजोर प्रणाली लागू हुने Read Next

चक्रपथ भित्र दुई दिन जोर–बिजोर प्रणाली लागू हुने