तारागाउँ रिजेन्सीले घोषणा गर्‍यो पोहोरोको भन्दा झन्डै दोब्बर लाभांश

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर १६ गते बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७८/७९ को तुलनामा झन्डै दोब्बर हो । सो आवमा कम्पनीले ८.४२ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

हिमालयन डिस्ट्रीलरीको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा ४५ प्रतिशत घट्यो Read Previous

हिमालयन डिस्ट्रीलरीको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा ४५ प्रतिशत घट्यो

रसुवागढी नाकाबाट भन्सार छली बढ्दो, ८ जना पक्राउ Read Next

रसुवागढी नाकाबाट भन्सार छली बढ्दो, ८ जना पक्राउ