मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

फाइनान्स संचालक समितिको मंसिर १४ गते बसेको बैठकले सेयरधनीलाई करसहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

फाइनान्सले लाभांश बापत सेयरधनीलाई कुल ७ करोड ११ लाख रुपैयाँ बराबर नगद वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता Read Previous

हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता

प्रभु बैंकले पायो 'बैंक अफ दी इयर-२०२३' अवार्ड Read Next

प्रभु बैंकले पायो 'बैंक अफ दी इयर-२०२३' अवार्ड