नेपाल वेयरहाउजिङको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा मंसिर १० गतेदेखि सर्वसाधरणका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई ‘आइआरएन डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

वसन्तपुरमा हस्तकलाको व्यापार :  विदेशी हेर्छन्, स्वदेशीले किन्छन् Read Previous

वसन्तपुरमा हस्तकलाको व्यापार :  विदेशी हेर्छन्, स्वदेशीले किन्छन्

मंसिर २७ देखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने Read Next

मंसिर २७ देखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने