काठमाडौं । दुई विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साइन रेसुंगा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुवै बैंकले साधरण सभा तथा लाभांश प्रयोजनाका लागि भोलि (कात्तिक ११ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र बैंकको लाभांश पाउने छन् ।
साइनले गत वर्षको नाफाबाट १०.५० प्रतिशत बोनस र कर तिर्न ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २३ गते, पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ।
त्यसैगरी, सांग्रिलाले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस र कर तिर्न ०.२६३ प्रतिशत गरी ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २४ गते १९ औं वार्षिक साधारण सभा डाकेको छ। बैंकको सभा लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे सुरु हुनेछ ।