मंसिर ८ देखि आइपीओ बिक्री गर्दै मुक्तिनाथ कृषि कम्पनी

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले मंसिर ८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४८ लाख रुपैयाँ बराबरको ११ लाख ४८ हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयमा सबै सेयरमा आवेदन नपरेमा ढिलोमा मंसिर २२ गतेसम्म आवेदन दिन पाइने छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

मङ्सिर ७ भित्र भूकम्पको क्षतिको विवरण सङ्कलन गर्न पालिकालाई निर्देशन Read Previous

मङ्सिर ७ भित्र भूकम्पको क्षतिको विवरण सङ्कलन गर्न पालिकालाई निर्देशन

एउटै प्रकृतिको कर्जामा ब्याजदर २ प्रतिशतभन्दा फरक पार्न नपाइने Read Next

एउटै प्रकृतिको कर्जामा ब्याजदर २ प्रतिशतभन्दा फरक पार्न नपाइने