राप्ती र दोर्दी खोला हाइड्रोपावरले पाए हकप्रद सेयर जारी गर्न अनुमति

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको अनुमति पाएका छन् ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र दोर्दी खोला जलविद्युत् कम्पनीलाई समान १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत् नियमन आयोगले स्वीकृति दिएको हो ।

आयोगले राप्ती हाइड्रोलाई हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्काशनको अनुमति दिएको हो ।

त्यसैगरी, दोर्दी खोलाले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६४० कित्ता हकप्रद जारी गर्न अनुमति पाएको हो ।

आयोगबाट अनुमति पाएका दुवै हाइड्रोपावरले अब नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्नेछ ।

अलपत्र गौतमबुद्ध क्रिकेट रङ्गशाला अघि बढाइँदै, प्रदेश सरकारले ७०% लागत व्यहोर्ने Read Previous

अलपत्र गौतमबुद्ध क्रिकेट रङ्गशाला अघि बढाइँदै, प्रदेश सरकारले ७०% लागत व्यहोर्ने

कोरोना भाइरस विरुद्धको ४० लाख डोज खोप खेर जाँदै Read Next

कोरोना भाइरस विरुद्धको ४० लाख डोज खोप खेर जाँदै