भिजन लुम्बिनी ऊर्जाको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधरणका लागि कात्तिक १६ गतेदेखि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २० करोड ७५ लाख २८ हजार ५०० रुपैयाँ बराबरको २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत आवेदन दिन पाउने छन् ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी’ इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

आइएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड दिने Read Previous

आइएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड दिने

हिमालयन रि-इन्स्योरेन्स आइपीओ खुल्ने मिति सर्‍यो, यस्तो छ कारण Read Next

हिमालयन रि-इन्स्योरेन्स आइपीओ खुल्ने मिति सर्‍यो, यस्तो छ कारण