ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको कात्तिक १९ गते बसेको बैठकले सेयरधनीलाई १ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.६ प्रतिशत कम हो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

राहतका पर्खाइमा भूकम्प पीडित, खुला आकाश मुनि बास Read Previous

राहतका पर्खाइमा भूकम्प पीडित, खुला आकाश मुनि बास

काठमाडौंबाट जाजरकोट र रूकुम पश्चिम जान निःशुल्क बसको व्यवस्था Read Next

काठमाडौंबाट जाजरकोट र रूकुम पश्चिम जान निःशुल्क बसको व्यवस्था