काठमाडौं । माण्डु हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको कात्तिक १६ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश बाँड्ने भएको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर १५ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा छाँढा सेन्टर, ठमेल, काठमाडौंमा हुनेछ ।
लाभांश प्रयोजनाका लागि कम्पनीले मंसिर ४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार मंसिर ३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।