चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे १० लाख आवेदकको हात रित्तो

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ८५ हजार ९३० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १० लाख ४६ हजार ६ जनाको हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असोज २३ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको ८ लाख ५९ हजार ३०० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउर मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ ।

मनाङ घुम्ने पर्यटक बढे, ६ महिनामा पुगे झन्डै १० हजार विदेशी  Read Previous

मनाङ घुम्ने पर्यटक बढे, ६ महिनामा पुगे झन्डै १० हजार विदेशी 

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो