विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

समितिको आजको बैठकले उक्त मस्यौदा प्रतिवेदन पारित गरेको र राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले जानकारी दिइन् ।

राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि समितिमा दफावार छलफल भइसकेको छ । सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवद्र्धन गर्न विद्युतीय व्यापार ऐनको प्रस्ताव गरेको हो ।

जमुनाह नाकाबाट दुई महिनामै भित्रियो १० करोडको केरा, आयात रोक्न किसानको माग Read Previous

जमुनाह नाकाबाट दुई महिनामै भित्रियो १० करोडको केरा, आयात रोक्न किसानको माग

नेपालसँग आन्तरिक स्रोत पर्याप्त छैन, वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा. महत Read Next

नेपालसँग आन्तरिक स्रोत पर्याप्त छैन, वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा. महत