नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ महिना यताकै कम

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन २८ अंकले घटेको नेप्से सोमबार ३ अंकले बढेकोमा आज फेरि दोहोरो अंकले घटेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १२ करोडले घटेर ५७ करोडमा सीमित भएको छ । यो पछिल्लो सात महिना यताकै कम हो ।

मंगलबार नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० विन्दुमा आइपुगेको छ । यसदिन २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.४६ प्रतिशतले घटेको छ ।

आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ करोड ७० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज सोनापुर मिनरल्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले आज पनि ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण पर्यटन प्रवर्द्धनका लागि कति महत्वपूर्ण ? Read Previous

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण पर्यटन प्रवर्द्धनका लागि कति महत्वपूर्ण ?

चेक बाउन्स र ऋण नतिर्नेको संख्या २४% बढ्यो, ३ महिनामै १३ हजार परे कालोसूचीमा Read Next

चेक बाउन्स र ऋण नतिर्नेको संख्या २४% बढ्यो, ३ महिनामै १३ हजार परे कालोसूचीमा