नेप्सेमा सोनापुर मिनरल्सको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) सूचीकृत भएको छ ।

कम्पनीले बिहीबार आयोजना प्रभावित क्षेत्रका स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर कात्तिक १२ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १४२.०२ रुपैयाँदेखि ४२६.०३ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि SONA संकेत चिह्न प्रदान गरेको छ ।

सुपारी निर्यातभन्दा आयातका सरकारको जोड, स्वदेशी सुपारीले मूल्य नपाएको गुनासो Read Previous

सुपारी निर्यातभन्दा आयातका सरकारको जोड, स्वदेशी सुपारीले मूल्य नपाएको गुनासो

सरकारले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी दिँदै Read Next

सरकारले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी दिँदै