सेयर बजारमा उछाल, नेप्से परिसूचक १९०० विन्दु माथि उक्लियो

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार १३ अंकले बढेको नेप्सेमा आज एकैदिन ४३ अंकले बढेको हो ।पछिल्ला दुई दिनमै नेप्से ५६ अंकले बढेको छ ।

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै लगानीकर्ता उत्साही हुँदा नेप्सेमा उच्च अंकको वृद्धि आएको हो ।

बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुगेको छ । सुचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोडले घटेर ९३ करोडमा सीमित भएको छ ।

आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २.८७ प्रतिशतले बढेको छ ।

आज सानिमा जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

उच्च अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आशा लघुवित्त र इन्फिनिटी लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

चाडपर्वमा बिजुली नजाने व्यवस्था मिलाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन Read Previous

चाडपर्वमा बिजुली नजाने व्यवस्था मिलाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

कर्णालीमा वार्षिक १९ हजार ११६ मेट्रिक टन खाद्यान्न अपुग Read Next

कर्णालीमा वार्षिक १९ हजार ११६ मेट्रिक टन खाद्यान्न अपुग