बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न सर्वोत्तम सिमेन्टले पायो अनुमति

काठमाडौं । सर्वोत्तम सिमेन्टले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डलेले कम्पनीलाई बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न स्वीकृति दिएको हो ।

यससँगै सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने पहिलो कम्पनी हुने भएको छ । कम्पनीले बोर्डमा आवेदन दिएको १५ महिनापछि आइपीओ जारी गर्न स्वीकृति पाएको हो । सर्वोत्तमले २०७९ असार २८ गते आइपीओ निष्काशनको अनुमती माग्दै बोर्डमा निवेदन दिएको थियो ।

बोर्डले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्काशन हुने सेयरको ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्काशन गर्न स्वीकृति दिएको हो ।

कम्पनीले संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीको आधार मूल्य ५०१ रुपैयाँ तय गरी सो मूल्यको २० प्रतिशत तलमाथि जानसक्ने व्यवस्था अनुसार मूल्य निर्धारण गरिएको हो ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट लिएको आशयक मूल्यका आधारमा आधार माथिल्लो सीमा ७५१.५० रुपैयाँ र तल्लो सीमा ५०१ रुपैयाँ हुनेगरी बोर्डमा आवेदन दिएको थियो । तर, बोर्डले मूल्य घटाएर आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले संस्थागत लगानीकर्तालाई बुक बिल्डिङबाट आइपीओ बिक्री गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि ३६ लाख कित्ता सेयर जारी गर्नेछ ।

आजदेखि काठमाडौंका यी तीन सडक 'वान वे’ Read Previous

आजदेखि काठमाडौंका यी तीन सडक 'वान वे’

बीआरआइमा १०० अर्ब डलर लगानी गर्ने चीनको घोषणा Read Next

बीआरआइमा १०० अर्ब डलर लगानी गर्ने चीनको घोषणा