सेयर लगानीकर्ताको महासंघ बनाउने घोषणा

काठमाडौं । सेयर लगानीकर्ताको हकहितका लागि लगानीकर्ता महासंघ बनाउने घोषणा भएको छ । सेयर बजार सम्बन्धी चार संघ मिलेर महासंघ बनाउने घोषणा गरेका हुन् ।

सेयर लगानीकर्ताहरुको साझा माग र हकहितको का लागि एकीकृत शक्ति निर्माण गर्न भन्दै चार संघले महासंघ बनाउने घोषणा गरेका हुन् ।

नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूँजी बजार सुधार संघ, नेपाल सेयरधनी संघ र नेपाल जनरल इन्भेष्टर्स एशोसियसन मिलेर नेपाल धितोपत्र लगानीकर्ता महासंघ बनाउने घोषणा गरेका हुन् ।

पूँजी बजार सम्बन्धी आधा दर्जन बढी संघ भए पनि अरु भने महासंघमा सामेल भएका छैनन् । क्रमशः पूँजी बजार सम्बनधी अन्य संघसंस्थाहरु पनि महासंघमा सामेल हुने जनाइएको छ ।

चार संघ बीच पूँजी बजार र लगानीकर्ताहरुको तर्फबाट सरकारी निकायहरुसँग वार्ता, संवाद र छलफल गर्नुपर्दा महासंघको तर्फबाट मात्र गर्ने सहमति भएको छ ।

तिलिचो तालमा पुग्यो इन्टरनेट Read Previous

तिलिचो तालमा पुग्यो इन्टरनेट

चालु वर्षभित्र १० वटा जहाज खरिद गर्छौं, दसैं अघि नै प्रक्रिया अघि बढ्छ : पर्यटनमन्त्री Read Next

चालु वर्षभित्र १० वटा जहाज खरिद गर्छौं, दसैं अघि नै प्रक्रिया अघि बढ्छ : पर्यटनमन्त्री