बीआरआइ अन्तर्गत २० खर्ब डलरको सम्झौता, प्रतिदेश औसतमा २.४ अर्ब चिनियाँ ऋण

बेइजिङ । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो ।

चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना (एक्जिमबैंक) को ३ खर्ब डलरभन्दा बढी ऋण रहेको बताइएको छ । एक विज्ञका अनुसार उक्त आँकडा कम हुने बताइएको थियो तर यसले विश्वव्यापी पूर्वाधारमा भएको ठूलो ऋणलाई नजरअन्दाज गर्छ ।

चीनले यसै महिना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) को १०औँ वार्षिकोत्सव मनाउँदै छ । यसलाई बेइजिङले राष्ट्रपति सि जिनपिङका लागि परिभाषित भूराजनीतिक परियोजनाका सन्दर्भमा विश्वभरका परियोजनाहरूमा खर्बौँ डलर खर्च गरेको रूपमा हेरिएको छ ।

तर आलोचकहरूले चीनले न्यून आम्दानी भएका मुलुकहरूलाई विशाल र बहन गर्न नसकिने ऋण प्रस्ताव गरेर ऋणको पासोमा फसाउन खोजेको आरोप लगाएका छन् ।

बेइजिङले मङ्गलबार साझेदारहरूसँग निर्माण सम्झौताहरूमा गरिएको रकम अहिले २० खर्ब अमेरिकी डलर पुगेको बताएको छ । उक्त रकम रुस र क्यानाडाको अर्थतन्त्रको आकार हाराहारी हो ।

साथै उसले चिनियाँ निर्माण व्यवसायीहरूको लगानी वास्तविक रूपमा १३ खर्ब डलर पुगेको बताएको छ । बेइजिङले एक्जिमबैंकबाट बीआरआई परियोजनाहरू लागि ऋणको सन्तुलन कूल २२ खर्ब युआन (३ खर्ब ७४ करोड डलर) पुगेको जनाएको छ ।

‘यसले १३० भन्दा बढी सहभागी मुलुक, चार खर्ब डलर लगानी र २० खर्ब डलरभन्दा बढीको व्यापारलाई समेट्छ,’ ऋणमा प्रतिमुलुक औसत २ अर्ब ४० करोड डलर रहने उल्लेख गर्दै श्वेतपत्रमा भनिएको छ । तर श्वेतपत्रमा कुन मुलुकलाई ऋणको भार धेरै छ भन्नेबारे केही उल्लेख गरिएको छैन । साथै ऋणमा लाग्ने ब्याज दर पनि उल्लेख गरिएको छैन ।

एक विज्ञका अनुसार उक्त आँकडा ठूलो हुँदाहुँदै पनि सम्भवतः धेरै कम आकलन गरिएको थियो । ‘अर्को एउटा शैक्षिक अनुसन्धान पत्र पनि छ जसमा लुकाइएका ऋणका बारेमा लेखिएको छ र यसले आठ खर्ब डलरसम्म ऋण थप्न सक्छ,’ एटलान्टिक ग्लोबल चाइनना हबका गरआवासीय अधिकारी निभा याउले भने, ‘हामीसँग सामान्य अवस्थामा ती परियोजना र यो आँकडा कसरी थपिए भन्नेबारेमा केही जानकारी छैन ।’

अर्धजलाशययुक्त तल्लो सेती जलविद्युत्मा लगानी गर्न एडीबी र जाइकाको चासो Read Previous

अर्धजलाशययुक्त तल्लो सेती जलविद्युत्मा लगानी गर्न एडीबी र जाइकाको चासो

दसैंको मुखमा चिनीको हाहाकार, सरकारी पसलमा पनि टाँसियो चिनी सकिएको सूचना Read Next

दसैंको मुखमा चिनीको हाहाकार, सरकारी पसलमा पनि टाँसियो चिनी सकिएको सूचना