आरएसडीसी लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको असोज १९ गते बसेको बैठकले सेयरधनीलाई ८.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कुल ९.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १.९५ प्रतिशत कम हो । सो आवमा लघुवित्तले ११ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

धुलिखेल-खावा सडक विस्तार सुस्त, १६ महिनामा १२ प्रतिशत काम Read Previous

धुलिखेल-खावा सडक विस्तार सुस्त, १६ महिनामा १२ प्रतिशत काम

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बज्राचार्य Read Next

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बज्राचार्य