निर्माण व्यवसायीको वक्यौता दशैंअघि नै भुक्तानी हुन्छ, अब ६/७ अर्ब मात्र बाँकी होला : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैंअघिनै गरिने बताएका छन् ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दशैं अगाडि नै भुक्तानी हुने बताएका हुन् ।

‘असार मसान्तसम्ममा रु ६० देखि ७० अर्ब तिरिसकेका छौँ । अब रु ७ देखि ७ अर्ब जति बाँकी होला त्यो भुक्तानी हुन्छ,’ उनले भने ।

अर्थमन्त्री डा. महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए । केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाइ थियो ।

पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ । ‘सहजरुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो,’ उनले थपे, ‘अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन । जसका कारण केही व्यवसायीलाई समस्या परेको छ ।’

सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनले बताए । अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उनको भनाइ छ ।

बसकाे अग्रिम टिकट बुकिङमा ढिलाइ, सडक बिग्रेको बाहनामा भाडा बढाउने दाउ Read Previous

बसकाे अग्रिम टिकट बुकिङमा ढिलाइ, सडक बिग्रेको बाहनामा भाडा बढाउने दाउ

जहाजको टिकट पाउनै मुस्किल : अधिकांश गन्तव्यको ८०% बुकिङ, भाडा १७ हजारसम्म Read Next

जहाजको टिकट पाउनै मुस्किल : अधिकांश गन्तव्यको ८०% बुकिङ, भाडा १७ हजारसम्म