एक दिन पनि टिकेन नेप्सेको हरियाली, कारोबार पनि घट्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार १७ अंकले घटेको नेप्से बुधबार ९ अंकले बढे पनि आज फेरि दोहोरो अंकले घटेको हो ।

बिहीबार नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.५२ विन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९ करोड घटेर १ अर्ब १० करोडमा सीमित भएको छ । यसदिन २८० कम्पनीको ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.१७ प्रतिशतले घटेको छ ।

आज पनि सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज इन्फिनिटी लघुवित्तका सेयरधनीले सर्वाधिक ९.९४ प्रतिशत गुमाएका छन् भने बाराही हाइड्रोपावरका सेयरधनीले ९.३० प्रतिशत कमाएका छन् ।

बचतकर्ताको साढे ४ करोड हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष पक्राउ Read Previous

बचतकर्ताको साढे ४ करोड हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष पक्राउ

तातोपानी नाकामा बढ्यो चहलपहल, दैनिक ३० कन्टेर जाँचपास Read Next

तातोपानी नाकामा बढ्यो चहलपहल, दैनिक ३० कन्टेर जाँचपास