असोज २५ देखि एफपीओ बिक्री गर्दै मिर्मिरे लघुवित्त

FPO

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गर्ने भएको छ। लघुवित्तले संस्थापक र सर्वसाधरणको सेयर हिस्सा मिलाउन एफपीओ निष्काशन गर्न लागेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्काशन गर्ने भएको हो ।

लगानीकर्ताले लघुवित्तको एफपीओमा असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन पाइने छ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

सोनापुर मिनरल्सको आइपीओ भर्ने म्याद थप Read Previous

सोनापुर मिनरल्सको आइपीओ भर्ने म्याद थप

नीति निर्माणमा दबाब नदिन आइएमएफलाई परिसंघको सुझाव Read Next

नीति निर्माणमा दबाब नदिन आइएमएफलाई परिसंघको सुझाव