सेयर बजारमा सुधार, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य सुधार भएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्से तीन काराेबार दिनपछि आज ५ अंकले बढेकाे हो ।

सोमबार नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ विन्दुमा पुगेको छ । यसदिन २८६ कम्पनीको १ अर्ब ७३ करोड रुपैयाँ बढीको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहमध्ये उत्पादनमूलक र होटल बाहेक अरु सबै समूहको परिसूचकमा सुधार आएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै १.३३ प्रतिशतले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सामान्य अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । सीवाइसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपवारका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

राष्ट्रिय पेमेन्ट गेटवेमा २३ करोड भ्रष्टाचार, उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर Read Previous

राष्ट्रिय पेमेन्ट गेटवेमा २३ करोड भ्रष्टाचार, उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर

जुम्ला विमानस्थलकाे धावनमार्ग विस्तार गरिँदै Read Next

जुम्ला विमानस्थलकाे धावनमार्ग विस्तार गरिँदै